काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमण पुष्टि हुनेमा ७७९ महिला र १ हजार ४४६ पुरुष छन्। योसहित कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १३ लाख ८० हजार८६२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज ४६ हजार ५७ जना सक्रिय संक्रमित रहेका छन्। ३ हजार ३२२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
आज २ हजार ८४६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ।