सोमबार, भदौ १५, २०८३

कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

जनकपुरमा गएराति कोरोना संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

जनकपुर- जनकपुरमा गएराति कोरोना संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

जनकपुर उपमहानगरपालिका–१ बस्ने ती महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए।

ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ती महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वाबको परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। ती महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए। रासस
 

प्रकाशित: Oct 24, 2020| 09:11 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।