सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटक बोलाउँदै पोखरा,  प्याराग्लाइडिङमा ५० प्रतिशत छुट

पर्यटक बोलाउँदै पोखरा,  प्याराग्लाइडिङमा ५० प्रतिशत छुट

पोहोर परार यो मौषममा पोखराका होटेलमा ८० प्रतिशत कोठा भरिभराउ हुन्थे। अहिले त एकजना पाहुना आउँदा पनि अचम्मै मान्नुपर्ने छ।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

पोखरा– सेप्टेम्बरदेखि नोभेम्बर पर्यटक घुमघाम गर्ने याम होे। यो बेला सबैलाई दसैं आउँदा लेकसाइडका पर्यटन व्यवसायीलाई पर्यटककै स्वागत सत्कारको चटारो हुन्थ्यो। पछिल्ला वर्षहरुमा त विदेशीभन्दा स्वदेशी पर्यटकले भरिभराउ हुन्थ्यो पोखरा। 

वर्षको एक पटक लामो बिदा हुने दसैंका बेला नेपाली पर्यटकको पहिलो रोजाईमा पोखरा परिरहेको थियो। छोटो र लामो दुरीको पदमार्ग, साहसिक खेल गतिविधि, अनुकुल मौषम, सुन्दर ताल र नजिकै हिमाल आदिले पोखरा सधैँ पर्यटकको रोजाईमा पर्छ। 

अहिले फेवा र वेगनासका डुंगा व्यवसायी विश्राममा छन्। मठमन्दिर खुलेका छैनन्। होटेल रेस्टुरेन्टका झ्याल ढोका नखुलेको धेरै भइसक्यो। कति व्यवसायी त पलायन भइसके। कतिले कामदार कटौती गरेपछि आफै होटेल, रेस्टुरेन्ट कुरेर बसेका छन् । 

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा ७०० हारहारी पर्यटकस्तरका होटल छन्। चैत अघिसम्म ती होटलमा १५ हजारभन्दा बढीले काम पाएका थिए। अहिले तीमध्ये धेरैको रोजगारी गुमेको छ। पोखराका होटलमा मात्रै २५ अर्बभन्दा बढीको लगानी रहेको तुलाचन दाबी गर्छन्। 

‘दसैंताका संक्रमण कम होला र पर्यटक आउलान भन्ने आशा थियो,’ अध्यक्ष तुलाचन भन्छन, ‘संक्रमण झन् बढेकोले अनिवार्य कामले आउनेबाहेक बाहिरबाट पोखरा कोही आएको छैन।’ 

पोहोर परार यो मौषममा पोखराका होटेलमा ८० प्रतिशत कोठा भरिभराउ हुन्थे। अहिले त एकजना पाहुना आउँदा पनि अचम्मै मान्नुपर्ने छ। 

नाट्टाको सस्तो प्याकेज 

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा घुम्नका लागि सस्तो प्याकेज घोषणा गरेको छ। 

नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार दुई रात तीन दिनको पोखरा बसाइ र वरपरका पर्यटकीय गन्तव्य घुम्नका लागि ४ हजार ५०० रुपैयाँको प्याकेज छ। गण्डकीका विभिन्न पर्यटकीय, धार्मिक र ऐतिहासिक गन्तव्य घुम्ने पाँच रात ६ दिनको प्याकेजका लागि भने नाटाले  २५ हजार रुपैयाँको प्याकेज ‘अफर’ गरेको छ। 

पर्यटकीय गतिविधि केही बढ्ला कि भनेर प्याकेज ल्याए पनि बढ्दो संक्रमणका कारण ‘सस्तो प्याकेज’ कार्यान्वयन नै नभएको अध्यक्ष सिग्देल बताउँछन्। 

पदयात्राका लागि पोखरा नजिकैको घान्द्रुक र मुस्ताङ जिल्ला पर्यटकका लागि नखुलेका कारण पनि प्याकेज प्रभावकारी नभएको उनको बुझाइ छ। 

नाट्टा पोखराका १८१ ट्राभल एजेन्सी, तीनमा आबद्ध २६० वटा पर्यटक घुमाउने गाडी अहिले कामविहीन छन् ।  पोखराको टुर्स एन्ड ट्राभलमा मात्र तीन अर्ब रुपैयाँभन्दा बढीे लगानी छ । 

पदयात्रामा पनि उस्तै सकस 

गण्डकी प्रदेशमा सानाठूला गरी ५५ भन्दा बढी ट्रेकिङ रुट छन् । २५ सय गाइड छन्। तीमध्ये २५ सयले लाइसेन्सप्राप्त छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलका अनुसार १५९ ट्रेकिङ एजेन्सी टानमा आबद्ध छन् । 

राउन्ड अन्नपूर्ण, अन्नपूर्ण बेस क्याम्प, अपर मुस्ताङ, राउन्ड धौलागिरी, मनास्लु, पुनहिल, मर्दी ट्रेक गण्डकी प्रदेशका चल्तीका पदमार्ग हुन् । 

पदयात्राका लागि सेप्टेम्बरदेखि नोभेम्बर र फेब्रुअरीदेखि अप्रिलसम्मको मौसम असाध्यै उपयुक्त हुन्छ। अन्नपूर्ण फेरो र मर्दीजस्ता पदमार्गमा जर्मनी, भारत, इजरायल तथा फ्रान्सका पर्यटक बढी आउँछन्। अध्यक्ष भुजेल भन्छन्, ‘सबै टे«किङ रुट खुलेका छैनन्। स्थानीयबाट अवरोध छ ।’

अहिले पदयात्रामा आउन चाहने पर्यटकले     सोधखोज गर्न थालेको भए पनि सात दिन क्वारेन्टिनमा बस्नुपर्ने, ५ हजार डलर बराबरको बिमा गर्नुपर्ने प्रावधानले समस्या थपेको उनी बताउँछन्। 

ट्रेकिङ मजदुरको पटकैपिच्छे पीसीआर गर्नुपर्ने नियमले पनि समस्या हुने उनको भनाइ छ । 

आकाशमा चाप 

सराङकोटको डाँडाबाट हावामा कावा खाँदै उड्दा कम्ता मजा आउँदैन। स्वदेशी होउन वा विदेशी पर्यटकले औधि मन पराएका छन् पोखरामा प्याराग्लाइडिङ। एक पटक प्याराग्लाइडिङ गर्न नेपाली पर्यटकले साढे ७ हजार रुपैयाँ तिरे पुग्छ। 

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीका अनुसार पोखरामा ३३८ जना लाइसेन्स प्राप्त प्यारा पाइलट र ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् । 

लकडाउनपछि पाइलटहरु बेरोजगार भएका छन्। कति त विकल्पको खोजीमा अन्यत्र लागिसके। असोज लागेपछि भने प्याराग्लाइडिङमा केही उत्साह देखिएको छ । 

नेपाली पर्यटकलाई  ७ हजार ५०० रुपैयाँ लाग्ने गरेकोमा अहिले ५० प्रतिशत छुट दिइएको छ। आधा मूल्यमै उडाउन थालेपछि प्याराग्लाइडिङ गर्न आउने ह्वात्तै बढेको अध्यक्ष भण्डारीले बताए । 

उनले भने, ‘अहिले ३५ सय रुपैयाँमा उडाउँदा सोझै फाइदा छैन तर, यही कारण चहलपहल बढ्दा यसको सकारात्मक असर पर्यटनका अरु क्षेत्रमा परेको छ।’

पोखराको पर्यटन क्षेत्रमा स्वास्थ्य सजगता अपनाइएका कारण ‘पोखरा सुरक्षित छ, घुम्न आउनुहोस्’ भनेर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आग्रह गरिसकेका छन् । 

यो पनि 
गण्डकीका मुख्यमन्त्री भन्छन्- पोखरा सुरक्षित छ, घुम्न आउनुस्

प्रकाशित: Oct 24, 2020| 07:45 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।