सोमबार, भदौ १५, २०८३

प्रशासनको निषेधाज्ञा तोडेर मन्दिर बाहिरै बली पूजा  

विजया दशमीको आज आठौँ दिन अर्थात अष्टमी पूजाका अवसरमा पर्सा जिल्लामा रहेका शक्तिपीठहरुमा भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ ।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

कार्तिक- विजया दशमीको आज आठौँ दिन अर्थात अष्टमी पूजाका अवसरमा पर्सा जिल्लामा रहेका शक्तिपीठहरुमा भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ ।

कोरोना महामारीमा स्थानीय प्रशासनले पूजाआजा र बलि दिनसमेत रोक लगाएको भएपनि भाकल गरेका भक्तजनले मन्दिर अगाडि नै विशेष पूजाआजा गर्दै बली  चढाएका छन्। 

अष्टमी पूजाको कारण विहानैदेखि बीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा निकै घुइँचो लागेको छ। यद्यपि कोरोना महामारीको त्रासले गतवर्ष जत्तिको चहलपहल छैन्। 

तरपनि देवीप्रति आस्था राख्नेहरुको संख्या उल्लेखनीय देख्न सकिन्छ। हरेकवर्ष वीरगञ्जमा बारा र रौतहट जिल्लाका स्थानीयको बाक्लो उपस्थिति हुने गरेपनि बाहिरी जिल्ला र छिमेकी देश भारतको रक्सौल, कोईरिया टोल, सिसहनियालगायतका स्थानबाट समेत यसवर्ष थोरै मात्रामा भारतीय भक्तजनको उपस्थिति रहेको गहवामाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: Oct 24, 2020| 07:52 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।