आइतबार, भदौ १४, २०८३

दसैैंमा पार्थिव महादेवको पूजा

देशैभर अहिले दसैँको रमझम छ। मिथिलामा दसैँको अलग्गै महत्व छ। 
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

जनकपुरधाम– देशैभर अहिले दसैँको रमझम छ। मिथिलामा दसैँको अलग्गै महत्व छ। 

मिथिलाञ्चलमा दसैँको बेला माता दुर्गाका ९ अवतारका पूजा त हुन्छन् नै, त्यसका साथै पार्थिव महादेवको विशेष पूजा गर्ने परम्परा छ । मिथिलाञ्चलको घरघरमा अहिले माता दुर्गाका अवतारहरुको पूजाका साथै पार्थिव महादेवको पूजा गरिँदै आएको छ । 

दशैँको बेला ९ दिन घरका सदस्यहरु एकाबिहानै उठेर माटोको महादेव बनाउन व्यस्त हुने महोत्तरीको पिपरा गाउँपालिका बनौलीकी भावना झाले बताइन् ।

उनी भन्छिन्, ‘दशैँमा माता दुर्गाको पूजा त गर्छौँ नै त्यसका साथै पार्थिव महादेव बनाएर महादेवको पूजा समेत अनिवार्य रुपमा गर्ने गर्छौँ ।’ असोज महिनाको शारदीय नवरात्रीको समयमा महादेवको पूजा गर्नुको अलग्गै महत्व रहेको उनको भनाइ छ । 

शिव पुराणका अनुसार शिव पूजनले धन्यधान्य र अरोग्यका साथै पुत्र प्राप्ति हुने गर्छ । ‘जो दम्पति पुत्र प्राप्तीका लागि वर्षोदेखि दुःखी छन्, उनीहरुले विशेष रुपले पार्थिव महादेवको पूजा गर्नु पर्छ,’ महोत्तरीको महोत्तरी गाउँपालिका पर्साका पण्डित द्रवेश ठाकुरले बताए ।
 

प्रकाशित: Oct 24, 2020| 03:07 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।