आइतबार, भदौ १४, २०८३

विमानमा कोरोना फैलने खतरा निकै कमः डब्ल्यूएचओ 

विमानभित्र यात्रुको संख्या सीमित हुने र अहिलेसम्म संक्रमण फैलिएका केस निकै थोरै रहेका कारण खतरा निकै कम रहेको डब्ल्यूएचओको भनाइ छ।
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विमान यात्राका क्रममा कोरोना भाइरसको संक्रमण हुने खतरा निकै कम भए पनि शून्य भने नरहेको बताएको छ। 

विमानभित्र यात्रुको संख्या सीमित हुने र अहिलेसम्म संक्रमण फैलिएका केस निकै थोरै रहेका कारण खतरा निकै कम रहेको डब्ल्यूएचओको भनाइ छ।

पछिल्लो समय फ्लाइटमा (विमान यात्रामा) कोरोनाको प्रसारबारे दुईवटा अध्ययन भएका छन्। अध्ययनमा उडानका क्रममा कोरोना भाइरसको संक्रमण फैलनसक्ने भनिएको छ। 

डब्ल्यूएचओले समाचार एजेन्सी रोयटर्सलाई दिएको प्रतिक्रियामा ‘उडानका बेला संक्रमण हुने जोखिम रहे पनि विमानमा यात्री संख्या र अहिलेसम्म भएको संक्रमणको संख्यालाई हेर्दा खतरा निकै कम भएको’ जनाएको छ।

एक साताअघि अमेरिकी रक्षा विभागले गरेको अध्ययनमा उडानका क्रममा कोरोना फैलने खतरा ‘निकै कम’ रहेको पाइएको थियो। उक्त अध्ययनका अनुसार विमानमा हुने ‘हेपा एयर फिल्टर’ का कारण कोरान भाइरसको संक्रमणको संभावना निकै कम हुन्छ। 

यद्यपि, केही एयरलाइन्सले उडानका बेला कोरोना प्रसारको संभावना अत्यन्तै न्यून रहेको उल्लेख गरेका छन्। 

साउथवेस्ट एयरलाइन्स र युनाइटेड एयरलाइन्सले हालैको अध्ययनमा जोखिम ‘वास्तवमा अस्तित्वविहिन’ रहेको बताएका हुन्।

साउथवेस्ट एयरलाइन्सले बीचको सिट खाली राखेको हुन्छ। तर, नयाँ अध्ययनमा जोखिम निकै कम हुने पाइएपछि मिडल सिटमा बस्न लगाइएको प्रतिवन्ध हटाइने उसले जनाएको छ।

अन्तर्राष्ट्रिय एयरलाइन्स संघ आईटीएले ८ अक्टोबरमा भनेको थियो, ‘यो वर्ष यात्रा गरेका १.४ अर्ब यात्रीमध्ये संक्रमणका संभावित केस ४४ मात्रै थिए।’
डब्ल्यूएचओका अनुसार लन्दनबाट हनोई र सिंगापुरबाट चीनसम्मको उडानमा संक्रमण सरेको पाइएको थियो। 

डब्ल्यूएचओले रोगी र संक्रमितलाई विमान यात्राको अनुमति नदिन पनि भनेको छ। उसका अनुसार आधुनिक विमानमा भएको एयर फिल्टरले भाइरस अन्य रोगाणुलाई तीब्रतापूर्वक फिल्टर गरिदिन्छन्।

प्रकाशित: Oct 23, 2020| 14:59 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।