काठमाडौं- कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबारसम्म २९३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको विवरणअनुसार शुक्रबारसम्म काठमाडौंमा १८६, भक्तपुरमा ५४ र ललितपुरमा ५३ जनाको मृत्यु भएको हो।
यस्तै उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार १३५ रहेको छ। शुक्रबारसम्म काठमाडौंमा २० हजार १९६, भक्तपुरमा एक हजार ३६५ र ललितपुरमा दुई हजार ५७४ जना सक्रिय संक्रमित छन्।
तीन जिल्लामा गरी ४२ हजार ४२५ जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा ३३ हजार ८६३, भक्तपुरमा तीन हजार ६२९ र ललितपुरमा चार हजार ९३३ जना कोरोनामुक्त भएका हुन्।
अहिलेसम्म उपत्यकामा ६६ हजार ८५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये काठमाडौंमा ५४ हजार २४५, भक्तपुरमा पाँच हजार ४८ र ललितपुरमा सात हजार ६० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा उपत्यकामा दुई हजार ७२० जनामा संक्रमण भएको छ।
संक्रमितमध्ये काठमाडौंमा १० हजार ५०१, भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ८९४ जना होम आइसोलेसनमा छन्।
देशभर एक लाख ५३ हजार आठ जनामा कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये एक लाख पाँच हजार ४८८ जना कोरोनामुक्त भएका छन्। ४६ हजार ६९१ आइसोलेसनमा छन्। कोरोनाबाट शुक्रबारसम्म नेपालमा ८२९ जनाको मृत्यु भएको छ।