आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा ४६० कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

प्रदेश १ मा ४६० कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६० जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६० जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २-२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन्। मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १-१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहवीमा १-१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता झापाको विर्तामोड र भद्रपुरमा १०-१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण देखिएको छ। 

उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, तेह्रथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल, रुपाकोट, मझुवागढी र साकेलामा १-१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ४६८ पुगेको छ।

प्रदेश १ मा शुक्रबार ४८८ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ४७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म ७ हजार ११३ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा शुक्रबार १ हजार ५८५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १६० महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ५२ हजार ५९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 23, 2020| 11:50 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।