आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा आज १५ सय ५२ संक्रमित थपिए, सक्रिय संक्रमित २३ हजार बढी

उपत्यकामा आज १५ सय ५२ संक्रमित थपिए, सक्रिय संक्रमित २३ हजार बढी

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ जिल्लामा १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ जिल्लामा १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये महिला ५२५ जना र पुरुष १ हजार २७ जना छन्।

यसैबीच उपत्यकामा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै २३ हजारभन्दा बढी पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार उपत्याकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २३ हजार २५५ सक्रिय संक्रमित छन्।

जसमध्ये काठमाडौंमा मात्रै १८ हजार ९६२ सक्रिय संक्रमित छन्। त्यस्तै भक्तपुरमा १ हजार ३०९ र ललितपुरमा २ हजार ९८४ सक्रिय संक्रमित छन्।

काठमाडौंमा १० हजार ५०१, भक्तपुरमा १ हजार ५६२ ललितपुरमा २ हजार ७४८ जना होम आइसोलेसनमा छन्। बाँकी संस्थागत आइसोलेसनमा रहेका छन्।

उपत्यकामा ३ जिल्लामा अहिलेसम्म ६४ हजार १३३ जनामा कोरोना पुष्टि भइसकेको छ। जसमध्ये २८२ जनाको मृत्यु भएको छ।
 

प्रकाशित: Oct 23, 2020| 10:57 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।