आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

कोरोना संक्रमित बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

कोरोना संक्रमित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। 
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं- कोरोना संक्रमित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। 

नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ।

मुख्यमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश दाहालले उपचारका लागि काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा ल्याइएको जानकारी दिए। 

बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री होम आइसोलेसनमा बसिरहेका थिए। दाहालका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य छ।

पौडेलको केही समयअघि मुटुको अपरेसन गरिएको थियो। 

बिहीबार आएको रिपोर्टमा पौडेलकी पत्नी, एक सुरक्षाकर्मी र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
 

प्रकाशित: Oct 23, 2020| 09:40 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।