बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वीरगंजमा भित्र्याइयो फूलपाती, मन्दिर बाहिरै पूजापाठ (फोटोफिचर)

वीरगंजमा भित्र्याइयो फूलपाती, मन्दिर बाहिरै पूजापाठ (फोटोफिचर)

कोरोना भाइरसको महामारीको कारण पूजापाठमा रोक लगाइए पनि विशेष सुरक्षा सतर्कतासहित वीरगंजमा फूलपाती भित्र्याइएको छ। 
 |  शुक्रबार, कात्तिक ७, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, कात्तिक ७, २०७७

वीरगंज- कोरोना भाइरसको महामारीको कारण पूजापाठमा रोक लगाइए पनि विशेष सुरक्षा सतर्कतासहित वीरगंजमा फूलपाती भित्र्याइएको छ। 

National life

वीरगंजस्थित गहवामाई मन्दिरमा विशेष सुरक्षासहित पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, श्री चण्डी प्रसाद गणका प्रमुख सेनानी तथा पर्साका प्रहरी उपरीक्षकको विशेष उपस्थितिमा गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको हो।

जिल्लाको तीनवटा शक्तिपीठ गहवामाई मन्दिर, विर्ता मन्दिर तथा विन्दवासिनीमाई मन्दिरमा निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमणको महामारीको बखत भीडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरे पनि दसैंको बेला शक्तिपीठहरुमा भक्तजनहरुको ठूलो भीडभाड हुने गरेकोलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका साथ फूलपाती भित्र्याइएको हो।

धर्म तथा पर्वमा आस्थामा चोट नपुगोस् भन्ने उद्देश्यले पुजापाठ गरिएको प्रशासनले जनाएको छ। मन्दिरमा निषेधाज्ञा जारी गरेर भक्तजनहरुलाई मन्दिर प्रवेशमा रोक लगाइए पनि गहवामाई प्रतिको आस्था भने कम भएको छैन।

भक्तजनहरु एका बिहानैदेखि मन्दिर अगाडि लाइनमा लागेर मन्दिर गेट अगाडिबाट पूजा आजा गर्नुका साथै मन्दिर वरिपरी स्थानहरुमा मिठाई, नागरिवल लगायतका प्रसाद चढाएर पूजाआजा गरिरहेका छन्।

Laxmi sunrise bank
kumari

यसवर्ष कोरोना संक्रमणको कारण मन्दिर प्रवेश तथा बलि दिनमा पनि रोक लगाइएको छ। 

मन्दिरका पूजारीले कोरोना संक्रमणको बेला भए पनि आम नागरिकहरुको गहवामाई प्रतिको आस्थामा कमि नआएको बताए। आज सप्तमीको दिन दिउँसोदेखि महिला भक्तजनहरुको व्यापक घुइँचो लाग्ने वीरगंजको शक्तिपिठमा गतवर्ष जस्तो चहलपहल देखिएको छैन।

आज सप्तमीको दिन बिहानैदेखि र गहवामाईको खोइछ भर्न दिउँसो १ बजेदेखि नै भक्तजनहरुको व्यापक घुइँचो लाग्ने भएकोले भीडभाडलाई नियन्त्रण गर्न व्यापक सुरक्षाकर्मीहरु परिचालन गरिएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 23, 2020| 09:30 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।