सोमबार, भदौ १५, २०८३

झडपमा घाइते भएका नेकपा पर्सा जिल्ला सदस्यको मृत्यु

पर्सामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई समूहबीच झडप हुँदा घाइते भएका जिल्ला कमिटी सदस्यको मृत्यु भएको छ। 
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं- पर्सामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई समूहबीच झडप हुँदा घाइते भएका जिल्ला कमिटी सदस्यको मृत्यु भएको छ। 

विन्दवासिनी गाउँपालिका–५ मा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा झडप भएको हो। सो क्रममा विन्दवासिनी गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाको आज उपचारका क्रममा मृत्यु भएको छ।

झडपका क्रममा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। 

सपथग्रहण कार्यक्रम भइरहेको समयमा केही व्यक्तिले व्यानर च्यात्नेलगायतको काम गरेका थिए। उक्त कार्य रोक्न खोज्ने क्रममा चौरसियामाथि आक्रमण भएको थियो। गम्भीर घाइते भएका चौरसियाको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेकपा पर्साले जनाएको छ। 

यसैबीच नेकपा पर्साले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै पार्टी जिल्ला कमिटीका सदस्य एवम् विन्दवासीनि गाउँपालिकाका सचिव चौरसियामाथि सांघातिक हमला गरी हत्या गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ।

जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य रामचन्द्र साह, जिल्ला अध्यक्ष प्रभु हजरा र जिल्ला सचिव विजय महतोले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न मतियारहरुलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न माग गरेका छन्। मुकेश चौरसियालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी प्रवक्ता मनोजित कुँवरले घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको बताए।

‘दुवै पक्षबीच झडप भएको देखिन्छ। गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएको छ,’ उनले भने, ‘हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ। अहिलेसम्म तीन जना समातिएका छन्। थप खोजी कार्य जारी छ।’

प्रकाशित: Oct 23, 2020| 09:00 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।