आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा नेकपा विवाद : मन्त्री रावल र बुढाको पद धरापमा  

कर्णालीमा नेकपा विवाद : मन्त्री रावल र बुढाको पद धरापमा  

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पद धरापमा परेको छ।
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

सुर्खेत- कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पद धरापमा परेको छ। 

संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्षले बोलाएको संसदीय दलको बैठक बहिस्कार गरेसँगै मन्त्रीद्वयको पद धरापमा परेको हो। 

मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलका लागि बोलाएको बैठकमा मन्त्री रावल र बुढा सहभागी नभएपछि दुबै जना सरकारबाट बाहिरिने े चर्चा चलेको छ। दुबै मन्त्री नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन्। 

शुक्रबार बसेको दलको बैठकले मुख्यमन्त्री विरुद्ध परेको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको थियो। तर दलको बैठकमा भने बहालवाला मन्त्रीसहित १४ जना सांसद सहभागी भएनन्। बिद्रोही सांसदसहित मन्त्रीद्वयले पनि बैठक बहिस्कार गरेका थिए।

मुख्यमन्त्री शाहीले पनि दसैंअघिसम्म मन्त्रीमण्डल फेरबदल गर्ने संकेत गरेका छैनन्। मुख्यमन्त्री निकट एक सांसदका अनुसार अविश्वासको प्रस्ताव फेल भएको पार्टी हेडक्वाटरको सिग्नलपछि मात्रै बाँकी निर्णय गर्ने जनाइएको छ।

तर पहिले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका र आजको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा उभिएको नेकपाका बरिष्ठ नेता माधव नेपाल समूह भने छिट्टै मन्त्रीमण्डल गठन गर्नुपर्ने पक्षमा छ। 

मुख्यमन्त्री शाहीले असोज २७ गते नै अविश्वासकको प्रस्तावको विपक्षमा उभिएका सांसद कुर्मराज शाहीलाई नेकपा संसदीय दलको सचेतक नियुक्त गरिसकेका छन्। 

मन्त्रिमण्डल विस्तार भएको खण्डमा नेपाल समूहका सांसदह चन्द्रबहादुर शाही, अमरबहादुर थापा, करविर शाही र पद्मा खड्कामध्ये तीन जना मन्त्री बन्ने स्पष्ट संकेत देखिएको छ।

प्रकाशित: Oct 23, 2020| 08:14 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।