आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीबाटै देशकाे राष्ट्रिय सुरक्षामा थ्रेट देखियो : गगन थापा

प्रधानमन्त्रीबाटै देशकाे राष्ट्रिय सुरक्षामा थ्रेट देखियो : गगन थापा

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले ‘रअ’का प्रमुखसँगको भेटघाटले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन्।
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले ‘रअ’का प्रमुखसँगको भेटघाटले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन्।

थापाले प्रेस नोट सार्वजनिक गर्दै प्रधानमन्त्रीको यस्तो गैर राजनीतिक र गुप्तचरसँग भएको भेटमाथि अनुसन्धान हुनुपर्ने माग गरेका छन्। 

बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेटघाट गरेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै शिष्टाचार भेट जनाइसकेका छन्। 

थापाले प्रधानमन्त्री र विदेशी गुप्तचरबीचको भेटलाई शिष्टाचार भेट भन्नु नै गैह्रकुटनीतिक र हास्यास्पद रहेको बताएका छन्। 

‘लडाईको समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको वा राजनीतिक नेतृत्वको भेटलाई जायज वा सामान्न मान्न सकिन्न,’ थापाले भनेका छन्।

परराष्ट मन्त्रालय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय भएको थापाको भनाइ छ। 
 
‘यस प्रकरणपश्चात पनि केही बुद्धिजिवीहरुले सामाजिक सञ्जालमा दुई देश बीचको सम्बन्धमा सुधारका लागि यो भेटघाट आवश्यक थियो भनेर प्रधानमन्त्रीको बचाउ गरेको देख्दा उद्देक लागेको छ,’ थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘कुटनीतिक हिसाबले नेपाल भारत सम्बन्ध यतिखेर जटिल अवस्थामा छ। यस बीच नेपाल सरकारले आफ्नो कुटनीतिक कौशल भारतीय राजनीतिक नेतृत्वलाई छलफलमा ल्याउनमा प्रयोग गर्नुपर्ने थियो। नेपाल भारत बीच छलफल र वार्ता हुनुपर्छ भन्नेमा अलमल नै छैन,’ उनले लेखेका छन्, ‘छलफल उच्च स्तरीय राजनीतिक तहमा हुनुपर्छ भन्नेमा हामी स्पष्ट हुनुपर्ने हो। भारतीय गुप्तचरसँगको कुनै पनि प्रकारको छलफलले नेपाल भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामथ्र्य राख्दैन।’ 

यो प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सही दिशानिर्देश तथा राष्ट्रिय हितमा प्रयोग गर्न पूर्णरुपमा असक्षम भएको प्रष्ट पारेको थापाको भनाइ थापाको छ।  

प्रकाशित: Oct 23, 2020| 07:55 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।