आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिकको जीवनप्रति सरकार जिम्मेवार भएनः कांग्रेस नेता जोशी

नागरिकको जीवनप्रति सरकार जिम्मेवार भएनः कांग्रेस नेता जोशी

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार उदासिन भएको बताएका छन्। 
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार उदासिन भएको बताएका छन्। 

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीले विज्ञप्ति जारी गरी मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताए।  

नेता जोशीले सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोरोनाको उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताए।

'क्वारेन्टिनको अवस्था दयनीय हुनु, पर्याप्त मात्रामा आइसोलेसन नहुनु, अस्पतालमा भेन्टिलेटरको अभावले जनताले जीवन गुमाउनुपर्ने, आम नागरिकले चिकित्सकको निगरानीमा उपचार पाउन नसक्नु दुःखद् कुरा हो,' नेता जोशीले भने। 

पूर्वउद्योगमन्त्री जोशीले भ्रष्टाचारका कारण राजनीति क्षेत्र कमजोर हुँदै गएको उल्लेख गरे। सरकारको भूमिकाबाट लोकतान्त्रिक संविधान कमजोर हुँदै गएको उनको भनाइ छ।  

प्रकाशित: Oct 23, 2020| 03:16 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।