आइतबार, भदौ १४, २०८३

विराटनगरमा स्वाब संकलन स्थगित

विराटनगर– विराटनगर महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन स्थगित गरेको छ।
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

विराटनगर– विराटनगर महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन स्थगित गरेको छ। विराटनगर जैन भवन र मोबाइल भ्यानबाट गरिँदै आएको स्वाब संकलन कात्तिक १२ गतेसम्म स्थगित गरिएको महानगरपालिकाका जनस्वास्थ्य संयोजक दिलिपकुमार यादवले बताए। 

महानगरले स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा पठाउने गरेको थियो। दसैं बिदाका कारण स्वाब परीक्षणका लागि पठाउन नसकिने हुँदा संकलननै रोक्नुपरेको यादवले बताए। कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बडादसैंको नवमीबाट तीन दिनका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द रहने बताए।  

प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले केही दिन कोरोना शंकास्पदको नयाँ स्वाब लिन नसकिने जनाएको छ। प्रयोशालाका निर्देशक जयवेन्द्र यादव सहितका तीन प्राविधिक र एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नयाँ स्वाव लिन नसकिने प्रयोगशालाका सूचना अधिकारी प्रकाश कार्कीले बताए।

प्राविधिकमा संक्रमण पुष्टि भएपछि नयाँ स्वाब संकलन र परीक्षण केही दिनका लागि स्थगित गरिएको प्रयोगशाला निर्देशक यादवले बताए। प्रयोगशालामा १३ प्राविधिक कार्यरत छन्। यादवले केही दिनदेखि बाँकी रहेका ६ सय स्वाब परीक्षण गरिसकेपछि मात्रै नयाँ स्वाब संकलनका बारेमा निर्णय गरिने बताए। 

विराटनगरका नोवेल मेडिकल कलेज, न्युरो अस्पताल र बुढीगंगाको विराट मेडिकल कलेजले भने दसैं अवधिभर पनि स्वाब संकलन र परीक्षण निरन्तर गर्ने बताएका छन्। 
 

प्रकाशित: Oct 23, 2020| 01:48 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।