आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराजा भन्छन्- विपत्तिमा सरकारसँग व्यवस्थापकीय कौशल देखिएन, जनता टुहुरो बनेको पीडाबोध

पूर्वराजा भन्छन्- विपत्तिमा सरकारसँग व्यवस्थापकीय कौशल देखिएन, जनता टुहुरो बनेको पीडाबोध

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीबाट उत्पन्न संकट व्यवस्थापन गर्न नसकेको भन्दै घुमाउरो पारामा सरकारप्रति आक्रोश पोखेका छन्। 
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीबाट उत्पन्न संकट व्यवस्थापन गर्न नसकेको भन्दै घुमाउरो पारामा सरकारप्रति आक्रोश पोखेका छन्। 

पूर्वराजा शाहले दसैंका अवसरमा जारी गरेको शुभकामना सन्देशमा यस्तो आक्रोश व्यक्त गरिएको छ। 

सन्देशमा सरकार र कुनै दलका नेतालाई इंगित नगरी समग्र राजनीतिक र प्रशासनिक शैलीको कडा आलोचना गरिएको छ। 

उनले जनतालाई बचाउन सके मात्र राज्य बाँच्ने र राज्य रहे मात्र राजनीति बाँच्न सक्छ भन्ने आत्मबोध अहिलेका नेताहरुमा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

पूर्वराजा शाहकाे सन्देशमा विपत्तिसँग भिड्दा नागरिकको जीवन सहज बनाउने व्यवस्थापकीय कौशल सरकारमा नदेखिएको भन्दै आलोचना गरिएकाे छ। 

उनले भनेका छन्, 'विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आमजनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ।'

सन्देशमा सरकारकै कारण नेपाली जनता अभिभावकविहीन बन्ने अवस्था आएको उल्लेख छ। 

सन्देशमा भनिएको छ, 'संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आममान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडा बोध भएको छ।'

पूर्वराजा ज्ञानेन्द्रले जनताको संकट सम्बोधन नगर्ने राजनीति पनि बाँच्न नसक्नेमा नेताहरुको ध्यानाकर्षण गराएका छन्। 

उनले भनेका छन्, 'जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ।'

उनले आहारविहार, आचारविचार, विधि व्यवहार, शासन प्रशासन एवम् पद्धति प्रणाली नेपाली प्रकृति र संस्कृतिअनुरुप हुनुपर्नेमा जोड दिएका छन्।  सन्देशमा उल्लेख छ, 'अनि मात्र हामी स्वस्थ, सुखी, शान्त, सुरक्षित र समृद्ध हुन सक्छौं।'

विदेशमा गएर रोजगारीमा लागेकाहरु संकटमा रहेको, देशभित्र उनीहरुको श्रम, सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएकोमा पूर्वराजाले चिन्ता व्यक्त गरेका छन्।

उनले भनेका छन्, 'त्यसैले देश, समाज र परिवारको मोह ममताले आएकाहरु पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको अवस्था देखिन्छ।' 

सन्देशमा सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिएका जनममूहलाई भरपर्दो आड आधारको आवश्यकता महसुस गराउन नसकिएको उल्लेख छ। 

उनले भनेका छन्, 'दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले हाम्रो जनजीवन पिरोलिएको छ।'

सन्देशमा समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढेर यसले मानसिक तनावको स्थिति खडा उल्लेख छ। पूर्वराजाले भनेका छन्, 'त्यसैले आज सबैले बढ्दो आसुरी र भष्मासुरी प्रवत्तिबाट उन्मुक्ति चाहिरहेका छन्।' 

उनले आपसी समन्वय, सदभाव र सहकार्य छाडेर व्यक्तिवाद, समूहवादतर्फ उन्मुख हुँदा स्थिर, सुदृढ र सन्तोषजनक राष्ट्रिय परिणाम प्राप्त नहुने औंल्याएका छन्।

सन्देशमा भनिएकाे छ, 'नेपाललाई चिनौं, नेपाललाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति नेपालकै हितका खातिर र नेपाली शैली अँगालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं।'

प्रकाशित: Oct 22, 2020| 17:47 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।