आइतबार, भदौ १४, २०८३

प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिएका छन्।

१ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएकोमध्ये १९७ महिला र ४४० पुरुषमा संक्रमण पुष्टि भएको हो। आज (बिहीबार) सम्म १ लाख ५१ हजार ६०५ जनाको पीसीआर परीक्षण गर्दा १६ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज थपिनेमा मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा  ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन्। मोरङको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९-९, मोरङको रंगेली र बुढीगंगामा ७–७, पथरीशनिश्चरे र लेटाङमा ५–५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३–३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३-३, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता झापाको दमकमा ३४, विर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बाह्रदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सूर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २–२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १–१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ।

प्रदेश १ मा आज ४१८ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ३९७, कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६२५ पुगेको छ।

प्रकाशित: Oct 22, 2020| 13:07 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।