काठमाडौं– मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम, पाकिस्तान र जर्मनीका राजदूतहरुलाई राष्ट्रपतिले आज नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको हो।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले प्रेस विज्ञप्ति निकालेर यसको जानकारी दिएका हुन्।