वीरगंज- पर्साको बिन्दवासिनी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको नगर कमिटीको सपथ ग्रहण कार्यक्रममा कुटाकुट हुँदा २ जना गम्भीर घाइते भएको छन्।
नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव विजय महतोको दुई समूहमा विभाजन भएको नेकपाको कार्यकर्ताबीच सपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको प्रहरीले जनाएको छ।
झडपमा परी दर्जनबढी घाइते भएका छन् भने, २ जनालाई गम्भीर चोट लागेको जानकारी प्राप्त भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन्। उनका अनुसार घाइतेलाई नारायणी अस्पतालमा लगिएको छ।
नेकपा अध्यक्ष प्रभु हजरा र सचिव विजय महतो विभाजित भएका दुई समूहबीच सपथ ग्रहण कार्यक्रममै झडप भएको हो।
घाइते हुनेहरुमा महाराज ठाकुर, रञ्जन ठाकुर, जयराम कुमार चौरसिया, राजेश कुमारलगायत छन्।
उत्तम तिवारी र नेकपा गाउँपालिका पार्टी सचिव मुकेश चौरसिया गम्भिर घाइते रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी गराएका छन्।
घाइतेहरुको नारायणी अस्पतालको अकास्मिक कक्षमा उपचार भइरहेको चौरसियाले जानकारी गराएका छन्।
नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीको प्रमुख अतिथिमा गरिएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामचन्द्र साह लगायतको उपस्थिति रहेको थियो।