आइतबार, भदौ १४, २०८३

भोलिदेखि विज्ञापनरहित प्रसारण (क्लिनफिड) लागू हुने

भोलिदेखि नेपालमा विज्ञापनरहित प्रसारण (क्लिनफिड) नियम लागू हुने भएको छ। 
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– भोलिदेखि नेपालमा विज्ञापनरहित प्रसारण (क्लिनफिड) नियम लागू हुने भएको छ। 

४ कार्तिकमा बसेको मन्त्रिपरिषद्का बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन्।

उनले यो निर्णय ऐतिहासिक भएको भन्दै कार्यान्वयन भए/नभएको अनुगमन गरिने बताए।

८ कार्तिक २०७६ देखि लागू भएको विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ६ मा विदेशी च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था रहेको छ। 

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्ष अर्थात ७ कात्तिक २०७७ भित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानूनी व्यवस्था रहेको छ।

सो को नियमावलीसमेत लागू भइसकेको छ। विज्ञापन ऐन कार्यान्वयनको सहजीकरणका लागि सरोकारवालाहरुसँग निरन्तर संवाद, छलफल, अन्तरक्रिया हुँदै आएको छ।

उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको छ र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्धहरु गरिसकिएको मन्त्रालयका प्रवक्ता सहसचिव गोकर्णमणि दुवाडीले जानकारी दिए।

८ कात्तिक २०७७ देखि प्रसारण संस्थाले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गरे/नगरेको सम्बन्धमा निरन्तर अनुगमन हुनेछ।

ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन तथा कानून अनुसार तोकिएको मितिमा विज्ञापनरहित (क्लिन फिड) प्रसारण नभएमा कानून अनुसार हुने व्यहोरा यसअघि नै जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 

प्रकाशित: Oct 22, 2020| 11:15 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।