काठमाडौं– नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या आठ सय नाघेको छ।
पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ८१२ पुगेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले २९० जना कोरोना संक्रमित देशभरका अस्पतालका आईसीयूमा छन्। त्यसैगरी ७७ जना भेन्टिलेटरमा छन्।
पछिल्लो दुई महिनाभन्दा बढीदेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
पहिलोपटक भने गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भइरहेको छ।