काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसहित कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १० लाख ५० हजार १५२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज ४४ हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १३ हजार ३३९ जना संस्थागत आइसोलेसनमा र ३१ हजार ५३८ जना होम आइसोलेसनमा छन्।
३ हजार ७५१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
आज ३ हजार २१५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।