आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमलाको बाढीले बगर बनाएको जग्गा उपयोगमा ल्याउने तयारी

कमलाको बाढीले बगर बनाएको जग्गा उपयोगमा ल्याउने तयारी

कमला नदीको बाढीका कारण कमला नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडाका धेरै खेत बगाएको थियो। यस्तै जनकनन्दिनी गाउँपालिकाका १ र ६ वडाका हजारौं किसान सुकुम्बासी भएका थिए। 
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

जनकपुरधाम– दुई बिघामा खेती किसानी गर्दै आएका कमला नगरपालिका–८ का हरि मण्डलसँग अहिले एक धुर पनि  छैन। 

एक दशकअघि कमला नदीमा आएको बाढीले मण्डलको खेत मात्रै बगाएन, जीवनभरको पुँजी बगरमा परिणत भयो। 

उनले भने, ‘एक दशकअघिको त्यो रात म जीवनभर बिर्सिन सक्दिनँ। त्यो रातको बाढीले मलाई सुकुम्बासी बनायो।’ 

२०६४ सालमा कमला नदीको बाढी दिशा परिवर्तन भएर गाउँमा पस्दा खेतमा वालुवा थुप्रिएर बगरमा परिणत भएको थियो।

त्यति मात्र होइन, गाउँका मुसहर समुदायका १२० घर बगायो। किसान भूमि हुँदाहुँदै सुकुम्बासी बन्न बाध्य भए। बाढीले यस क्षेत्रका करिब १४ हजार बिघा बगरमा परिणत गरिदियो। 

कमला नदीको बाढीका कारण कमला नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडाका धेरै खेत बगाएको थियो। यस्तै जनकनन्दिनी गाउँपालिकाका १ र ६ वडाका हजारौं किसान सुकुम्बासी भएका थिए। 

पछिल्ला वर्षमा पनि बस्तीमा डुबानको खतरा बढिररह्यो। यद्यपि भारतको अनुदानमा तटबन्ध निर्माण भएपछि डुबानको समस्या केही हदसम्म घटेको अर्का किसान विनोद महराले बताए। 

उनले भने, ‘ती खेतमा झारपात र खर मात्र उम्रिन्छ। यसबाट हामीजस्ता किसान मारमा परेका छौं। आयस्रोत नै ठप्प छ।’

खेत बगरमा परिणत भएपछि पेट पाल्न बाध्य भएर वैदेशिक रोजगारीमा जानुपरेको कमला नगरपालिकाका अर्का किसान दीपेन्द्र यादवले बताए।  

बाँझो जग्गा उपयोगमा ल्याउँछौं : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले हजारौं बिघा बाँझो जग्गा  उपयोगमा ल्याउन अध्ययनका लागि विज्ञ टोली खटाइएको बताएका छन्। 

उनले ती जग्गाको निरीक्षणका क्रममा तीनै तहका सरकारले जग्गा सदुपयोग गर्ने तयारी गरिरहेको बताएका हुन्। 

उनले विज्ञको सुझावका आधारमा बाँझो जग्गामा माछापालन, फलफूलखेती वा अन्य कुनै क्षेत्रमा उपयोग गर्ने विषयमा निर्णय लिइने बताए। 

मन्त्री भुसालले भने, ‘कुनै ठाउँमा केराखेती, कुनै ठाउँमा तरकारीखेती, कुनै ठाउँमा फलफूलखेतीको पकेट जोन बनाएर समृद्धिको आधार तयार पार्ने योजना छ।’
 

प्रकाशित: Oct 22, 2020| 10:18 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।