आइतबार, भदौ १४, २०८३

गोकुल बाँस्कोटालाई पनि कोरोना पुष्टि

पूर्व मन्त्री गोकुल बाँस्कोटालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं- पूर्व मन्त्री गोकुल बाँस्कोटालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

उनले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका छन्। उनले आफूलाई कोरोना पुष्टि भएको भन्दै १० दिनयता कसैलाई नभेटेकोसमेत उल्लेख गरेका छन्।

बाँस्कोटाले आफूलाई लक्षण नरहेको र श्रीमती तारा मानन्धरलाई भने लक्षण बताएका छन्।

बाँस्काेटाले आफ्ना दुबै छोराको कोरोना रिपोर्ट भने नेगेभिट आएको जानकारी दिएका छन्।

‘मलाई पनि पोजेटिभ देखियो। तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन। मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित। दुबै छोरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्रो। सुरक्षित रहौँ,’ उनले फेसबुक र ट्वीटरमा लेखेका छन् । 

प्रकाशित: Oct 22, 2020| 10:07 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।