आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना परीक्षण र उपचारमा तत्काल जिम्मेवारी लिन सरकारसँग कांग्रेसको माग

कोरोना परीक्षण र उपचारमा तत्काल जिम्मेवारी लिन सरकारसँग कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ।

सरकारले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिँदै गएको भन्दै कांग्रेसले यस्तो माग गरेको हो।

कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक सहमहामन्त्री प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत तथा नेपाली कांग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका बाबजुद सरकार कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गराउनुपर्ने जिम्मेवारीबाट पन्छिँदै छ।’ 

कांग्रेसले नेपालको संक्रमण दर अन्य देशको तुलनामा अत्यन्त उच्च देखिए पनि सरकार देशमा कोभिड-१९ संक्रमण रोक्न सफल भएको दाबी गरेर विरोधाभास र गैरजिम्मेवारीपूर्ण रुपमा प्रस्तुत भएको आरोप कांग्रेसले लगाएको छ।

आमनागरिकले परीक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नुपर्ने र बेरोजगारीका कारण चाडबाडका बेलामा पनि भोकभोकै बस्नुपर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिएको आरोप पनि कांग्रेसले लगाएको छ। 

कांग्रेसले सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैरसरकारी संघसंस्थालाई अर्बौं रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड-१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा दुरुपयोग र भ्रष्टाचार भइरहेको भन्दै आपत्ति जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आमनागरिककाका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।’ 

कोभिड-१९ रोकथाममा सरकारले देखाएको उदासीनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आमनागरिकका तहबाट पनि जिम्मेवारी लिन जरुरी भएको ठहर कांग्रेसले गरेको छ।

प्रकाशित: Oct 22, 2020| 09:37 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।