आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : रावल

प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : रावल

सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन्।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन्।

नेता रावलले प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलको भेट नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणा विपरीत रहेको बताएका हुन्। 

उनले ट्विटरमा लेखेका छन्, ‘भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक  छ।कूटनीतिक मर्यादाविपरीत छ।’

प्रधानमन्त्री ओली र गोयलबीच बुधबार राति भेटवार्ता भएको थियो। बुधबार नै काठमाडौं आएका गोयलले सत्तारुढ दलका शीर्ष नेता र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए। उनी बिहीबार स्वदेश फर्किएको सुरक्षा स्रोतले बताएको छ।

प्रकाशित: Oct 22, 2020| 09:03 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।