बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भारतीय पक्षबाट एकतर्फी रूपमा वीरगन्ज नाका खुलेपछि पर्सा प्रशासन अन्योलमा

भारतीय पक्षबाट एकतर्फी रूपमा वीरगन्ज नाका खुलेपछि पर्सा प्रशासन अन्योलमा

भारतीय पक्षबाट एकतर्फी रूपमा सीमा नाका खोलेपछि नेपाली प्रशासन अन्योलमा परेको छ। 
 |  बिहीबार, कात्तिक ६, २०७७

जियालाल साह

जियालाल साह

बिहीबार, कात्तिक ६, २०७७

पर्सा– भारतीय पक्षबाट एकतर्फी रूपमा सीमा नाका खोलेपछि नेपाली प्रशासन अन्योलमा परेको छ। 

National life

गृह मन्त्रालयले कात्तिक ३० गतेसम्मका लागि  नाका बन्द रहने निर्णय यसअघि नै निर्णय गरेको थियो। 

भारतीय पक्षले भने कोरोना महामारीले बन्द सीमानाका बिहीबार बिहानदेखि एकतर्फी रूपमा खुला गरेपछि वीरगन्ज भन्सार नाका भएर आवतजावत  हुन थालेकाे छ। नेपाली पक्ष भने तत्काल खुलाउने कि गृह मन्त्रालयको आदेश मान्ने भन्ने अन्योलमा परेको हो।

भारत र भारत भएर तेस्रो मुलुकबाट आउने नेपाली तथा नेपालमा बसोबास गरिरहेका भारतीयको सहजताका लागि सिमानाका खुला गरिएको भारतीय भन्सारले जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने गृह मन्त्रालयको आदेश नआउन्जेल सीमा नाका बन्द रहने बताए।

Laxmi sunrise bank
kumari

उनले भने, ‘भारतले नाका खोलेको भए पनि हाम्रो सरोकारको विषय रहेन। गृह मन्त्रालयले कात्तिक ३० गतेसम्म नाका बन्द रहने भनेकाले अर्को आदेश नआउन्जेल खुल्दैन।’

नाका खुल्दा सर्वसाधारणलाई सहज भएको बाराको प्रसोनी गाउँपालिका स्थानीय मधु देवीले बताइन्। 

उनले भनिन्, ‘हामीकहाँ यति बेला प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ छ। तर रक्सौलमा ५० रुपैयाँ नेपालीमै आउँछ।’ 

चिनी, तेल, कपडा लगायतका सामग्री रक्सोलमा सस्तो छ। त्यसैले सीमावर्ती क्षेत्रका धेरै नेपाली किनमेलका लागि पारिपट्टि जान्छन्। 

मुख्य नाकाबाट आवतजावत हुन थालेपछि व्यापारीहरु भने मर्कामा परेका छन्। नाका बन्द हुदाँ हेटौंडासम्मका व्यापारी दसैंको किनमेल गर्न आएका थिए।

वीरगन्जको पाण्डे कपडा पसलका सञ्चालक सन्तोष मिश्राले भने, ‘नाका खुलेपछि वीरगन्ज आसपासदेखि ग्रामीण भेगका व्यापारीसमेत भारतको रक्सौल पुग्ने भएकाले हामी जस्ता कर तिरेर ल्याएर बिक्रीवितरण गर्ने व्यापारी मर्कामा परेका छौं।’ 

प्रकाशित: Oct 22, 2020| 08:00 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।