काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले रअका प्रमुखसँग भेट नगरेको प्रस्टीकरण दिएका छन्।
रअ प्रमुख सामन्त गोयलसँग भेटवार्ता भएको भन्ने समाचार आएपछि उनले त्यसको खण्डन गरेका हुन्।
‘पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ’, उनले ट्विटरमा लेखेका छन्।
यसअघि पूर्वप्रधानमन्त्री एवम् नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले पनि खण्डन गरिसकेको छ।
बुधबार दिउँसो काठमाडौं आइपुगेका गोयल बिहीबार बिहान विशेष विमानबाट दिल्ली फर्किएका हुन्।