आइतबार, भदौ १४, २०८३

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार

 गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने कामलाई निरन्तरता दिने भएको छ।  
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

कास्की- गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने कामलाई निरन्तरता दिने भएको छ।  

प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो।
 
विभिन्न सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा  क्रियाप्रतिक्रिया आएकोबेला प्रदेश सरकारले प्रदेशवासीलाई सामाजिक सञ्जालमा आएका कुुरामा विश्वास नगर्न आग्रह गरेको छ।  

प्रदेश सरकारले यसअघि जेजस्ता कार्य गर्दै आएको थियो त्यसलाई निरन्तरता दिने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए। 
 
उनका अनुसार बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ। कोरोनाको तीव्र सङ्क्रमण बढिरहेको अवस्थामा मुख्यमन्त्रीसहित सबै मन्त्रीले विगतमा पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरेका थिए। अहिले दसैं खर्च भनेर आएको भत्ता गण्डकी प्रदेश सरकारको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
 
सरकारले नेपालीको चाडपर्व दसैं, दीपावली, नेपाल संवत्, छठलगायतका पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्डको पालना गर्न प्रदेशवासीमा आग्रह गरेको छ।
 
त्यसैगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलका सबै सदस्यले दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन्। दलको बैठकले चाडपर्वभत्ता कोरोना महामारी नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 


 

प्रकाशित: Oct 22, 2020| 05:08 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।