आइतबार, भदौ १४, २०८३

शक्तिपीठ र मन्दिर परिसर सुनसान

दसैंभरि बढी भीडभाड हुने काभ्रेपलाञ्चोकका शक्तिपीठ तथा मन्दिर यो वर्ष भने सुनसान बनेका छन्।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

बनेपा- दसैंभरि बढी भीडभाड हुने काभ्रेपलाञ्चोकका शक्तिपीठ तथा मन्दिर यो वर्ष भने सुनसान बनेका छन्।

कोरोना भाइरसको सङ्क्रमण जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यहाँका शक्तिपीठ तथा मन्दिरमा दर्शन तथा पूजा गर्न जाने दर्शनार्थीलाई प्रवेशमा निषेध गरेपछि शक्तिपीठ तथा मन्दिरहरु सुनसान बनेका हुन् । 

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सार्वजनिक सूचना जारी गरी नेपालीको महान् चाड बडादसैंमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डालमा समेत सर्वसाधारणको भीड अत्यधिक हुन गई कोरोना सङ्क्रमणको सम्भावित जोखिम हुने भएकाले त्यहाँ दर्शनका लागि सर्वसाधारणको प्रवेशमा निषेध गरिएको छ। 

सो क्रममा शक्तिपीठ तथा मन्दिरमा नित्यपूजा मात्रै गर्न पाउने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। सो अवधिमा सूचना अटेर गर्ने जोकोहीलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ। 

विगतका वर्षहरुमा काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी र नाला भगवतीलगायतका मन्दिरमा दसैंमा दर्शनार्थीको भीड लाग्ने गरेका थिए। तर यसपटकको दसैंमा कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले दर्शन गर्न रोक लगाएको हो।

प्रकाशित: Oct 22, 2020| 04:37 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।