चितवन- चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौंडा ५ बस्ने ३३ वर्षीया महिला छन्। भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान सवा ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।