आइतबार, भदौ १४, २०८३

धनगढीको ६ लेन सडकमा दुर्घटना, एक जना घाइते 

कैलालीमा निर्माणाधिन ६ लेन सडकखण्डमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाइते भएका छन्।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

धनगढी- कैलालीमा निर्माणाधिन ६ लेन सडकखण्डमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाइते भएका छन्।

निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत नेपाल विद्युत प्राधिकरण नजिकै आज बिहान धनगढीबाट भन्सारतर्फ जाँदै गरेको से १ ख ६१४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको से ७ प ३१३५ नम्बरको मोटरसाकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका अनुसार मोटरसाइकल चालक गम्भीर घाइते भएपनि उनको परिचय खुल्न सकेको छैन। घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

बस, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित: Oct 22, 2020| 03:17 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।