आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर तीन जना घाईते भएका छन्।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

धनगढी- कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर तीन जना घाईते भएका छन्।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चिसापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

न्यौपानेले चलाएको सु.प.प्र. ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको हो।

सोही मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका वडा नम्बर १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षीय जन्मजय न्यौपाने घाइते भएका छन्।
उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। 

यस्तै, बसको ठक्करबाट लम्कीचुहा नगरपालिका ९ की ३५ वर्षिया भागरथी रेग्मीको मृत्यु भएको छ। 

बर्दगोरिया गाउँपालिका ४, चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोही दिशातर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो। 

मोटरसाईकलका चालक लम्कीचुहा नगरपालिका ९, प्रतापुरका रामबहादुर चौधरी घाईते भएको प्रहरीले जनाएको छ। उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

ठक्कर दिने बसका चालक खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय सुखडका पमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए। रेग्मी नेपाली कांग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषध्यक्ष हुन्।

प्रकाशित: Oct 22, 2020| 02:18 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।