आइतबार, भदौ १४, २०८३

लमजुङमा महाकालीको मूर्ति स्थापना

लमजुङको बेँसीसहर नगरपालिका ३ मा रहेको कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना गरिएको छ। 
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिका ३ मा रहेको कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना गरिएको छ। 

यस मन्दिरमा श्रदालु तथा भक्तजनले पूजा गर्दा देखिने खालको मूर्ति नभएको गुनासो बढेपछि मन्दिरमा देखिने खालको ठूलो मूर्ति स्थापना गरिएको हो।

घटस्थापनाको दिन काठमाडौंबाट मूर्ति ल्याएर स्थापना गर्नुअघि गर्नुपर्ने विधिवत प्रक्रिया पूरा गरेपछि शुभसाइत हेरेर बुधबार बिहान ११ बजेको समयमा  मूर्ति स्थापना गरिएको हो। 

मूर्ति स्थापना गर्नुअघि मूर्तिलाई शक्ति दिनका लागि विभिन्न प्रक्रिया पूरा गरेर स्थापना गरिएको मन्दिरका मूल पुरोहित माधवप्रसाद बरालले बताए। उनका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा र लमजुङ समाज काठमाडौंको विशेष सहयोगमा मूर्ति ल्याइएको थियो। 

मूर्ति स्थापना कार्यक्रममा बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले यस्ता ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थित गर्ने कार्यमा नगरपालिकाबाट सक्दो सहयोग हुँदै आएको र थप सहयोगका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने बताए। 

सशस्त्र प्रहरीका पूर्वएआइजी रोहितचन्द्र थापाले ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउँदै यहाँको आवश्यकता अनुरुप योजना निर्माणका लागि सम्बन्धित निकायमा बजेट माग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, बेँसीशहर नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति थियो। 

प्रकाशित: Oct 22, 2020| 02:06 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।