आइतबार, भदौ १४, २०८३

दसैंको छैटौं दिन आज कात्यायनी देवीको पूजा गरिँदै 

नेपालीको महान चाड बडादसैंको छैटौं दिन अर्थात् आश्विन शुक्ल षष्ठीमा आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

नेपालीको महान चाड बडादसैंको छैटौं दिन अर्थात् आश्विन शुक्ल षष्ठीमा आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ।

आजको दिन पूर्वोक्त विधि अनुसार स्थापित देवताहरूको पूजा गरी दुर्गाको प्रतिमामा कात्यायनी देवीको पूजा गरिन्छ। 

कुपुत्रो जायेत क्वचिदपि 
कुमाता नभवति।
अर्थात् 
सांसारिक सृष्‍टिका क्रममा आफ्नो कर्तव्यबाट च्युत हुने पुत्र जन्मिएता पनि सृष्‍टि कारिणी आमा कहिले पनि कुमाता हुन सक्दिनन्। 

कात्यायनी यज्ञ रक्षा र देवताहरूको कार्य सिद्धिका लागि महर्षि कात्यायनको आफ्नो आश्रममा प्रकट भएकी कन्यालाई छोरी बनाएकाले ती देवीको नाम  कात्यायनी रहन गएको हो। 
 
आज साँझ फूलपातीका रूपमा प्रयोग गरिने बेलको बोट भएको ठाउँमा गइ दुईवटा फलले युक्त वायव्य वा नैर्ऋत्य दिशातर्फ फर्केको हाँगालाई पूजा गर्दै फूलपातीलाई निमन्त्रण गर्ने प्रचलन छ। 
 

प्रकाशित: Oct 22, 2020| 00:24 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।