आइतबार, भदौ १४, २०८३

घटस्थापना यता ४ गतेसम्म ९१ हजारले छाडे काठमाडौं

कार्तिक १ गते घटस्थापनाको दिनदेखि ४ गतेसम्म ४ दिनसम्म ९१ हजार ५ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं- कार्तिक १ गते घटस्थापनाको दिनदेखि ४ गतेसम्म ४ दिनसम्म ९१ हजार ५ जनाले काठमाडौं उपत्यका छाडेका छन्।

सार्वजनिक तथा निजी सवारी साधनबाट ४ दिनको अवधिमा ९१ हजार ५ जनाले काठमाडौं उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार कार्तिक १ गते २१ हजार ४७८, कार्तिक २ गते २३ हजार ३९२, कार्तिक ३ गते २३ हजार ८३६ र कार्तिक ४ गते २२ हजार २९९ जनाले काठमाडौं छाडेका छन्।

यसैबीच सार्वजनिक यातायात सञ्चालनका ३४ दिनमा काठमाडौं उपत्यकाबाट ६ लाख ७० बाहिरिएका छन् भने ६ लाख २० हजार ८९ मानिस भित्रिएका छन्। 

यसअघिका वर्षहरुमा दसैंमा हुने मानिसहरुको भीडभाड भन्दा अहिले कम छ। आधा भन्दा पनि कम मानिसहरुले काठमाडौं छोडेको तथ्यांकले देखाउछ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक हेर्दा ४ कात्तिकमा २२ हजार २९९ मानिसहरुले मात्रै काठमाडौं छोडेका छन्। ४ हजार ४७८ सवारी साधनबाट उनीहरुले काठमाडौं छोडेका हुन्। 

सोही दिन १४ हजार ९७१ मानिसहरु काठमाडौं प्रवेश गरेका छन्। त्यसभन्दा अघिल्लो दिन घटस्थापनाको दिन २३ हजार ८३६ ले काठमाडौं उपत्यका छोडेका थिए भने १६ हजार ३०४ जना मानिसहरु उपत्यका प्रवेश गरेका थिए। 

यसअघिका वर्षहरुमा घटस्थापना देखि फुलपातिको समयसम्म दैनिकजसो एकदेखि डेढलाखसम्म मानिसहरुले उपत्यका छोड्ने गरेका थिए।

सरकारले १ असोजदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेपछि ११ चैतदेखि पार्किङमा थन्किएका सवारीसाधन सञ्चालनमा आएका हुन्।

यसवर्ष कोरोना संक्रमणको जोखिमकै कारण उपत्यका छोडने मानिसहरुको संख्या निकै कम छ।   

‘अधिकाशं मानिसहरुले पहिले नै उपत्यका छोडिसकेको र अहिले संक्रमणको महामारीका कारणले पनि मानिसहरु हिँडडुल गरेका छैनन,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने। 

१ असोजदेखि ४ कात्तिकसम्मको तथ्यांक हेर्दा यो अवधिमा उपत्यकाबाट ६ लाख ७० हजार ८१ जना मानिसले काठमाडौं छोडेका छन्।
भने यो अवधिमा १ लाख ५२ हजार ९ सय ३८ वटा सवारी साधन बाहिरिएका छन्। यही अवधिमा ६ लाख २० हजार ८९ मानिसहरु उपत्यका प्रवेश गरेका छन्। १ लाख ५३ हजार ७ सय १० सवारी भित्रिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अब फुलपातिसम्म पनि अहिलेकै अनुपातमा मानिसहरुले उपत्यका छाडने र सोही संख्या भित्रिने देखिन्छ। 

सरकारले संक्रमणको महामारीको समयमा अहिले बसिरहेकै ठाउँमा दसैं मनाउन आग्रह गरेका कारणले पनि उपत्यका छाडने मानिसहरुको संख्यामा कमी आएको हो।
 

प्रकाशित: Oct 21, 2020| 13:35 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।