आइतबार, भदौ १४, २०८३

आईपीएलमा सट्टेबाजी गर्ने तीनजना पक्राउ

दुबईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीनजनालाई पक्राउ गरेको छ। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– दुबईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीनजनालाई पक्राउ गरेको छ। 

कलैया उपमहानगरपालिका–१ राजदेवी टोलस्थित राजु कुमार यादवको घरमा किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिमबीच भइरहेको खेलमा सट्टेबाजी खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीले घरधनी राजु कुमार यादव, दिपक कुमार सर्राफ र रबि दास समेतलाई नियन्त्रणमा लिएको छ।

उनीहरुको शरीर तथा घरकोठा समेतको खानतलासीका क्रममा एक लाख ७७ हजार ५० रुपैयाँ बरामद गरिएको छ। त्यस्तै २ थान मोबाइल पनि बरामद भएको छ। 

पक्राउ परेका तीनैजनालाई सट्टेबाजी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 21, 2020| 12:43 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।