आइतबार, भदौ १४, २०८३

बागमती प्रदेशमा कोरोना संक्रमितलाई निःशुल्क उपचार 

बागमती प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– बागमती प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो। 

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलसहित, प्रदेशका आठवटा अस्पताल र १३ वटा स्वास्थ्य कार्यालयलाई परिपत्र गरी निर्देशन दिएको छ।

मन्त्रालयले कोभिड–१९ सँग सम्बन्धित परीक्षण तथा उपचारका सम्पूर्ण सेवाहरु संघीय मन्त्रालयको कात्तिक २ को निर्णयअनुसार तोकिएका लक्षित वर्गलाई तोकिएको प्रक्रिया पूरा गरी सेवा दिन निर्देशन दिएको छ। 

पत्रमा भनिएको छ, ‘सो समूहबाहेकका नागरिकहरुलाई समेत हाल प्रदान गरिरहेको सेवालाई साविककै विधि र प्रक्रियाअनुसार निरन्तरता दिन मन्त्रालयको कात्तिक ४ गतेको निर्णयअनुसार अनुरोध छ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कात्तिक २ को नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विपन्न, अशक्त, एकल महिला, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीबाहेक अन्यको कोरोना भाइरसको परीक्षण र उपचारमा सरकारले खर्च नगर्ने जानकारी गराएका थिए। 

त्यसपछि देशका सरकारी अस्पतालले कोरोना भाइरस परीक्षण र उपचारको शुल्क तोकेर सूचना जारी गरेका थिए।

धुलिखेल अस्पतालले त कोरोनाको सामान्य लक्षण देखिएका बिरामीका लागि दैनिक तीन हजार ५००, मध्यम जटिल बिरामीका लागि सात हजार ५०० र जटिल बिरामीका लागि दैनिक १५ हजार शुल्क तोकेको छ।

यस्तै अस्पतालले सामान्य लक्षण भएकालाई ५० हजार, मध्यम जटिल बिरामीका लागि एक लाख र जटिल बिरामीका लागि दुइ लाख धरौटी रकम तोकेको छ।

अस्पतालहरूले यस्ता सूचना जारी गरेपछि सरकारको तीव्र विरोध भएको छ। त्यसपछि प्रदेशको साामाजिक विकास मन्त्रालयले यस्तो सूचना जारी गरेको हो।

गण्डकी प्रदेशले यसअघि नै कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरिसकेको छ।
 
 


 

प्रकाशित: Oct 21, 2020| 12:40 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।