आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारामा प्रहरीको गोलीबाट एक भारतीय घाइते, पेस्तोल र गोलीसहित पक्राउ

बारामा प्रहरीको गोलीबाट एक भारतीय घाइते, पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौं– बारामा प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– बारामा प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।

बुधबार दिउँसो बाराको सिम्रौनगढ नगरपालिका ९ मा प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोल निकालेर प्रहरीमाथि फायर गर्न खोज्दा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेमा भारत बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहा रहेका छन्। 

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको समयमा शंका लागेर रोक्न खोज्दा कुशवाहाले गोली चलाउन खोजेका थिए। 

त्यसपछि प्रहरीले जवाफी फायरिङ खोलेपछि उनलाई १ राउण्ड गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ। 

उनको बायाँ पाखुरामा गोली लागेको छ। उनको साथबाट प्रहरीले एक थान पेस्तोल, म्याग्जिनमा लोड गरिएको ४ राउण्ड र चेम्बरमा लोड रहेको फायर मिस भएको १ राउण्ड गरेर ५ राउण्ड गोली बरामद गरेको छ।

प्रकाशित: Oct 21, 2020| 12:28 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।