आइतबार, भदौ १४, २०८३

रअका प्रमुख गोयल काठमाडौंमा

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार उनी केही समयको लागि मात्रै काठमाडौं पुगेका हुन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं- भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार उनी केही समयको लागि मात्रै काठमाडौं पुगेका हुन्।

‘उनी काठमाडौं पुगेका छन्, सकभर आज राति नै नभए भोलि फर्किने बुझिएको छ’, स्रोतले भन्यो,‘यकिन उद्देश्य जानकारीमा छैन।’
उनले काठमाडौंमा राजनीतिक भेटवार्ता गर्नसक्ने बुझिएको छ।

यसै महिना भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गर्दैछन्। त्यसको पूर्वसन्ध्यामा रअ प्रमुख अकस्मात काठमाडौं आइपुगेका हुन्।

उनको भ्रमणका बारेमा औपचारिक रुपमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भने कुनै जानकारी गराएको छैन।

उनीसहितको टोली कुटनीतिक उडानको अनुमति लिएर नेपाल आइपुगेको बुझिएको छ। विमानस्थलमा उनीहरुलाई लिन नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पुगेका थिए।

प्रकाशित: Oct 21, 2020| 12:11 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।