शुक्रबार, भदौ २६, २०८३

बैंगलोर र कोलकातालाई प्लेअफमा स्थान सुरक्षित गर्ने अवसर

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज बुधबार राति पौने ८ बजे अबुधाबीमा ३९ औं खेल हुँदैछ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज बुधबार राति पौने ८ बजे अबुधाबीमा ३९ औं खेल हुँदैछ। आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।

दुवै टिम प्वाइन्ट टेबलको शीर्ष चारमा समावेश छन्। आजको खेल दुवै टिमका लागि प्ले अफमा स्थान सुरक्षित गर्ने अवसरका रुपमा रहनेछ।

बैंगलोरले खेल जितेको खण्डमा ऊ दोस्रो स्थानमा पुग्नेछ। उसले अहिलेसम्म ९ खेलबाट ६ जित निकाल्दै १२ अंक बनाएको छ। यता कोलकाताले ९ खेलमा पाँच जित निकालेर चौथो स्थानमा छ।

दुवै टिम जारी सिजनमा दोस्रो पटक खेल्न लागेका हुन्। पहिलो खेलमा बैंगलोरले कोलकातालाई ८२ रनले हराएको थियो। शारजहामा खेलिएको उक्त खेलमा बैंगलोरले १९४ रन बनाएको थियो भने कोलकाताले ११९ रनमात्र बनाएको थियो।

यसकारण कोलकाता आजको खेलमा पहिलो खेलको बदला लिने ध्येयका साथ मैदान प्रवेश गर्नेछ भने बैंगलोर अंकतालिका सुधार गर्ने लयमा हुनेछ।

बैंगलोरका चार ब्याट्सम्यान जारी सिजनमा फर्ममा छन्। त्यसमा पनि कप्तान कोहली अग्रस्थानमा छन्। यता युजवेन्द्र चहल, क्रिस मोरिस र इसुरु उडाना पनि उपाधिका लागि भोका देखिन्छन्।

यता कोलकाताले भने कमजोर ब्याटिङलाई सुधार गर्न सकेको छैन। त्यहाँका इयोन मोर्गनबाहेक अन्य खेलाडी फर्ममा छैनन्। बलिङमा पनि ठूलो आशा राख्नु मुश्किल छ।

आज अबुधाबीमा मौसम सफा रहनेछ भने तापक्रम २६ देखि ३४ डिग्री सेल्सियस आसपास हुनेछ।

सम्भावित प्लेइङ सेटः
कोलकत्ताः इयोग मोर्गन (कप्तान), दिनेश कार्तिक, शुभमन गिल, राहुल त्रिपाठी, नितिश राण, पट कमिन्स, आन्द्रे रसेल, शिवम् मावी, लकी फग्र्युसन, कुलदिप यादव, वरुण चक्रवर्ती

बैंगलोरः विराट कोहली (कप्तान), एबी डिबिलियर्स, देवदत्त पोडिक्कल, एरोन फिन्च, क्रिस मोरिसन, गुरकिरत सिंह, वसिंटन सुन्दर, इसुरु उडाना, शाहबाज अहमद, नवदिप शैनी, युजवेन्द्र चहल

प्रकाशित: Oct 21, 2020| 11:45 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।