शनिबार, भदौ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुई महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स, भदौमा २० अर्बले घट्यो 

दुई महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स, भदौमा २० अर्बले घट्यो 

चालू आर्थिक वर्षको दुई महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशत वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– चालू आर्थिक वर्षको दुई महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशत वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घटेको थियो। 

साउनको तुलनामा भने भदौमा रेमिट्यान्स आप्रवाह २० अर्बले कम भएको छ। साउन महिनामा ९२ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो। चालू आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार कोरोनाका कारण विदेश जानेहरुको संख्यामा कमी आएको हो । 

प्रकाशित: Oct 21, 2020| 09:58 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्