काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। उनले बुधबार महासंघको कार्यालय टेकु पुगेर उमेदवारी दर्ता गराएका हुन्।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ।
उनीसँगै उनका प्यानका सबै उम्मेदवारले पनि उमेदवारी दर्ता गराएका छन्। ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिए ट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन्।
गत चैत २८ र २९ गते तोकिएको महासंघको चुनाव कोरोनाका कारण सरेको हो।
मनोनयन दर्ता मंसिर ४ गतेसम्म दाखिला गर्नुपर्ने महासंघले जनाएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरेका छन्। महासंघको निर्वाचन समितिले बुधबार मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरेको थियो।