सुर्खेत– कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। पछिल्लोपटक रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की ५७ वर्षीया महिलाको कोरोनाबाट मंगलबार राति मृत्यु भएको हो। उनको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।
चौरजहारी नगरपालिकाको प्रयोगशामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि गरेको त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्ट खड्काले जानकारी दिइन्।
क्यान्सरपीडित उनको सोमबार नै स्वाब संकलन गरिएको थियो। चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारपछि उनी असोज २० गते गाउँ फर्किएकी थिइन्।