आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रानीपोखरी किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी छु : राष्ट्रपति भण्डारी

रानीपोखरी किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी छु : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी लागेको बताएकी छन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी लागेको बताएकी छन्। रानीपोखरी र दरबार हाइस्कुल पुनिनिर्माण सकिएकोमा उनले खुसी व्यक्त गरेकी हुन्।

उनले भूकम्पमा क्षति भएका अन्य संरचनाको पनि पुनर्निर्माण सकिने बताइन्। ‘क्षतविक्षत भएका सांस्कृतिक सम्पदालाई बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्छौं,’ उनले भनिन्।

१२ वैशाख २०७२ मा गएको भूकम्प र त्यसपछिको परकम्पका कारण रानीपोखरी क्षतिग्रस्त बनेको थियो। राष्ट्रपति भण्डारीले २ माघ २०७२ मा रानीपोखरी शिलान्यास गरेकी थिइन्। 

परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी गरिएको पुनर्निर्माणले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ।

‘हाम्रो अठोट थियो, भूकम्पबाट क्षति पुगेका सबै प्रकारका संरचना अझै बलियो र राम्रो गर्ने छौंभन्ने,’ उनले भनिन्, ‘आज रानीपोखरी र दरबार हाइस्कुलको पुनर्निर्माणले त्यो देखाएको छ।’

पुननिर्माणमा सरकारले लिएको नीति योजना, कार्ययोजना बाह्य जगतका लागि पनि सिकाइ हुने उनले दाबी गरिन्।

प्रकाशित: Oct 21, 2020| 07:20 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।