आइतबार, भदौ १४, २०८३

२८ करोडमा रानीपोखरीले पुर्नर्जिवन पायो: ज्ञवाली 

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीले पुर्नर्जिवन प्राप्त गरेको बताएका छन्। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं- राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीले पुर्नर्जिवन प्राप्त गरेको बताएका छन्। 

रानीपोखरी उद्घाटनको क्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ०७२ सालको भुकम्पले भत्काएको रानीपोखरीको पुरानै शैलीमा निर्माण गरिएको बताए। ज्ञवालीका अनुसार रानीपोखरीको पुर्ननिर्माणमा २८ करोड खर्च लागेको छ। 

रानीपोखरी पुर्ननिर्माणको क्रममा आएका विभिन्न उतारचढावलाई पार लगाउँदै विशिष्ट कार्यविधि अपनाउँदै रानीपोखरी पुर्ननिर्माण सम्पन्न भएको उनले बताए। 

रानीपोखरीको पुर्ननिर्माणलाई रानीपोखरीमा मात्रै सिमित नराखी भृकुटीमण्डप, रत्नपार्क, खुलामञ्च, टुँडिखेल, सहिद गेट र दशरथ रंगशालासँग एकिकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार गरेको उनले जानकारी दिए।

साथै २०७२ सालको भूकम्पले क्षति पुर्याएका पूर्ननिर्माण गर्नुपर्ने करिब ८ लाख निजी आवासमध्ये ७६ प्रतिशन सम्पन्न भएका छन् भने, १६ प्रतिशत निर्माणाधिन रहेको उनले बताए। 

विद्यालयतर्फ ८० प्रतिशत, स्वास्थ्य संस्थातर्फ ५८ प्रतिशत, सरकारी भवनतर्फ ९० प्रतिशत, र पुरातात्विक सम्पदातर्फ ५० प्रतिशत पुर्ननिर्माण सम्पन्न भइसकेको ज्ञवालीले जानकारी दिए। 

बाँकी रहेका पुर्ननिर्माण चालु आर्थिक बर्षभित्रै पुर्ननिर्माण सक्ने उनले बताए। मंसिर महिनाभित्रै सिंहदरबारको मुख्य भागको पुर्ननिर्माण सकेर प्रधानमन्त्री कार्यालय सार्ने योजना रहेको उनको भनाइ छ। 

साथै धरहराको पनि १७ औँ तलाको निर्माण कार्य भइसकेकाले पुस महिनाभित्रै सबैनिर्माण सक्नेगरी काम गरेको ज्ञवालीले जानकारी दिए। 

प्रकाशित: Oct 21, 2020| 07:07 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।