आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो सरकारविरुद्ध आन्दोलनका कार्यक्रम

विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो सरकारविरुद्ध आन्दोलनका कार्यक्रम

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

आमनागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर्नुपर्ने, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्न माग राख्दै नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा १५ कात्तिकमा कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुसका कार्यक्रम गर्ने उल्लेख छ। 

‘वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन् पछि झन् उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ। सरकारको यस किसिमको क्रियाकलापले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा दिनप्रतिदिन जटिल र संकटपूर्ण बन्दै गइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ। 

कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्‍याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय भएको नेकपाले जनाएको छ।

विज्ञप्तिमा सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरिएको छ।

विभिन्न कठिनाइ झेल्दै कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेको घटनाप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘हाम्रो पार्टी कोरोना महामामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सरसफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य संकटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रुपमा दुरुपयोग भइरहेको विप्लवको आरोप छ।

जनताको स्वास्थ्यमा खेलवाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत नेकपाले चेतावनी दिएको छ।

प्रकाशित: Oct 21, 2020| 06:35 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।