आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले गर्ने भ्रष्टाचार थोरैमात्र कम गरे कोरोनाका बिरामीको नि:शुल्क उपचार गर्न पुग्छ : डा. केसी

सरकारले गर्ने भ्रष्टाचार थोरैमात्र कम गरे कोरोनाका बिरामीको नि:शुल्क उपचार गर्न पुग्छ : डा. केसी

सरकारले निरन्तर गरिरहेको भ्रष्टाचारमा थोरै मात्र कम गर्ने हो भने पनि  कोरोना संक्रमितहरुलाई नि:शुल्क उपचार गर्न सकिने सत्याग्रही प्रा डा. गोविन्द केसीले बताएका छन्। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं। सरकारले निरन्तर गरिरहेको भ्रष्टाचारमा थोरै मात्र कम गर्ने हो भने पनि  कोरोना संक्रमितहरुलाई निशुल्क उपचार गर्न सकिने सत्याग्रही प्रा डा. गोविन्द केसीले बताएका छन्। 

सरकारले कोरोना संक्रमितले उपचार खर्च आफै गर्नुपर्ने  निर्णय गरेलगत्तै डा. केसीले बुधबार विज्ञप्ती जारी गर्दै त्यसो बताएका हुन्। 

उनले कोरोनाको उपचार निःशुल्क हुनुपर्नेमा जोड दिँदै निःशुल्क उपचार नगर्नु भनेको संविधानको उल्लंघन र सर्वोच्च अदालतको अवहेला भएको समेत बताएका छन्। 

उनले भनेका छन्, ‘कोभिडले स्वास्थ्य संकटसँगै आर्थिक विपत्ति पनि ल्याएको छ। यस्तो अवस्थामा सरकार हुनुको अनुभूति दिनसक्नु सरकारको दायित्व हो। कोरोनाका बिरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्था तत्काल गरिनुपर्छ। त्यसो नगरिनु संविधानको उल्लंघन र सर्वोच्च अदालतको अवहेलना हुन्छ।’

यसअघि पनि अधिकांश बिरामीले आफ्नै खर्चले कोभिडको उपचार गराइरहेको तर अब आएर सरकारी अस्पतालमा उपचार गराउनेसमेत सबैले आफ्नै खर्चले उपचार गराउनुपर्ने अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाएका छन्। 

डा. केसीले भनेको छन्, ‘अहिले कोभिडका बेला उपचारमा जुन समस्या देखिएको छ, त्यो लक्षण मात्रै हो, रोगचाहिँ हाम्रो सार्वजनिक स्वास्थ्य प्रणालीमा सरकारले गर्ने असाध्यै सानो लगानी हो।’ 
 

प्रकाशित: Oct 21, 2020| 06:20 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।