आइतबार, भदौ १४, २०८३

गण्डकी प्रदेशका मन्त्रीको दसैंभत्ता कोरोना कोषमा  

गण्डकी प्रदेश सरकारका मन्त्रीहरूले दसैंभत्ताबापतको रकम कोरोना कोषमा जम्मा गरेका छन्। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

पोखरा– गण्डकी प्रदेश सरकारका मन्त्रीहरूले दसैंभत्ताबापतको रकम कोरोना कोषमा जम्मा गरेका छन्। 

प्रदेशको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दसैं‌भत्ताबापतको रकम प्रदेशको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए। 

गण्डकी प्रदेशका मन्त्रीहरुले यसअघि पनि एक महिनाको पारिश्रमिक कोभिड कोषमा जम्मा गरेको थियो।

मन्त्री बस्नेतले कोरोना उपचारका सन्दर्भमा सामाजिक सञ्जालमा आएका विभिन्न क्रिया र प्रतिक्रियामा विश्वास नगर्न आग्रह गरेका छन्। 

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको छ।  उनले भने, ‘कोरोना उपचारमा यसअघि जस्तो व्यवस्था थियो, त्यस्तो व्यवस्था कायमै छ।’

प्रदेश सरकारले कोरोना महामारीका बेला चाडबाडमा भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरेको छ।
 

प्रकाशित: Oct 21, 2020| 05:55 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।